छ बुँदे माग राख्दै नर्स आन्दोलनमा, आकस्मिक र आइसीयूबाहेकको सेवा ठप्प

भक्तपुर । नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ । 

छ बुँदे माग रख्दै नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका नर्सिङ कर्मचारी आन्दोलनमा उत्रिएका हुन्  । 

उनीहरुले सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम तथा गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा ग्रेडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखेका छन् । 

केही दिनदेखि कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधवार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेका हुन् । 

केन्द्रका नर्सले आकस्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।

प्रशासनसमक्ष पटक–पटक ग्रेडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?