अन्तर प्रदेश परिषद बैठक सिंहदरबारमा बस्दै, बजेट र योजनाका विषयमा छलफल हुँदै

काठमाडौं । अन्तर प्रदेश परिषदको बैठक आज (शुक्रवार) बस्दैछ । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरमा शुरु हुँदै छ । 

बैठकमा आर्थिक वर्ष २०७६–०७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रीत हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । 

बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको हो । 

यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६–०७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?