दोस्रो बीआरआई शिखर सम्मेलन औपचारिक रुपमा शुरु

काठमाडौं । बहुप्रतिक्षित दोस्रो बेल्ट एण्ड रोड (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन बेइजिङमा औपचारिक रुपमा उद्घाटन भएको छ । 

शुक्रवार बिहान उद्घाट गरिएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।

‘बेल्ट एण्ड रोड सहकार्यः एक उज्ज्वल साझा भविष्यको खोजी’ नारी रहेको सम्मेलनमा ३७ मुलुकका नेता, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी करिब ५ हजार विदेशी प्रतिनिधिहरु उपस्थित छन् । 

आजबाट औपचारिक रुपमा उद्घाटन गरिएको बीआरआई शिखर सम्मेलन बिहीवारबाटै शुरु भएको हो । 

शिखर मञ्चको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सीले ’बेल्ट एण्ड रोडको सुन्दर भविष्यको संयुक्त सिर्जना’ शीर्षकमा आफ्नो मन्तव्य सुनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?