बीआरआई सम्मेलन: राष्ट्रपति भण्डारीले भनिन्, ‘समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छिन् । 

चीनको बेइजिङमा आज (शुक्रवार)देखि औपचारिक रुपमा उद्घाटन गरिएको दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी हुन् । 

उनले राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् ।

‘नेपाल–चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ, उनले भनिन्, ‘यो सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण हो, विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?