देशभरका सरकारी कार्यालयमा वेबसाइट बन्द, सेवाग्राही प्रभावित

काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट नखुल्दा सरकारी सेवा प्रभावित भएको छ । 

सरकारी सिस्टम नयख.लउ डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेको र देशरभरका सरकारी सेवा प्रभावित भएको हो । 

यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको छ ।

विशेष गरी सेवा बन्द हुने मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । 

एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?