विराटनगरलाई राजधानी बनाएकोमा धनकुटामा गरियो आन्दोलनको घोषणा

काठमाडौं । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय पारित भएसँगै धनकुटावासीले आज(मङ्गलवार)आन्दोलन घोषणा गरेका छन् । 

विराटनगरलाई राजधानी बनाउने निर्णयको विरोधमा धनकुटावासीले मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम र बेलुका ७ बजेदेखि साढे ७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने घोषणा गरेका हुन् । त्यस्तै धनकुटामा वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय पनि गरिएको छ ।

धनकुटालाई प्रदेश १ को राजधानी बनाउने अभियानमा जुटेको प्रादेशिक राजधानी अभियान संघर्ष समितिका पदाधिकारीहरुले धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएको आरोप लगाएका छन् । 

गत वैशाख २३ गते सोमबार प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?