प्रदेश १ को राजधानी धनकुटा बनाउनु माग राख्दै दबावमुलक आन्दोलन जारी

धनकुटा । प्रदेश १ को राजधानी धनकुटा बनाउनु पर्ने माग गर्दै धनकुटाका बासिन्दाले विरोधका कार्यक्रम जारी राखेका छन् ।  

प्रदेश १ को राजधानी धनकुटा हुने पर्ने माग राख्दै दबावस्वरुप बुधवार दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ ।

मंगलबार पनि धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि ७ः३० बजेसम्म ब्ल्याक आउट गरिएको थियो ।

प्रदेशसभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै कायम गर्ने निर्णय गरेको थियो । तर, धनकुटाका बासिन्दाले प्रदेश १ को राजधानप् धनकुटालाई नै बनाउनुपर्ने माग गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?