अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको कार्यकाल थप

काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । 

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राजदूत कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको हो । 

बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो बारे जानकारी दिएका हुन् । 

उनले अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?