प्रधानमन्त्रीले संसदीय मर्यादामा आँच आउने शब्द प्रयोग गर्नु लज्जास्पद : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादामा आँच आउने शब्द प्रयोग गरेको बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर १ मा आज (शनिवार) आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएकाा हुन् । 

गत मंगलवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७को नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री ओली संसद बैठकमा अमर्यादित शब्द प्रयोग गरेका थिए । 

प्रधानमन्त्री ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको नेता सिंहले बताए । 

यद्यपी सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले दिएको निर्देश दिएका थिए । उता सभामुख महराको प्रसंगमा उनले सो धारणा राखेका हुन् ।

नेता सिंहले भने, ‘प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको छ ।’

सरकारले काम केही नगरी समृद्धिको नारा मात्र लगाएको आरोप लगाउँदै नेता सिंहले भने, ‘वर्तमान सरकारले सुशासन दिन सकेन, विकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत छ ।’

दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत पाउन नसकेको दाबी नेता सिंहको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?