ठमेलस्थित होटल ब्लू मोहनबाट १६ लाख प्रतिबन्धित भारतीय नोटसहित ५ नेपाली पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटल ब्लू मोहनबाट भारतमा प्रतिबन्धित नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । 

भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपालीलाई प्रहरीले सोमवार पक्राउ परेको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा आइतवार राति ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई सो नोटसहित पक्राउ गरिएको डीएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन् । 

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

डीएसपी बोगटी भने, ‘भारतमा प्रतिबन्ध भइसकेका नोट यहाँ ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलमा छापा मारेका हौँ । छापा हान्दा भारतीय नोटसहित उनीहरु पक्राउ परे ।’ 

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जानकारी दिए  ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?