मकैबाट सुन फलाउने राज र दुर्गाबहादुरको मन छुने कथा

काठमाडौं । नेपाल कृषिप्रधान देश हो भनेर नारा मात्रै लगाएर भएन अब यहाँका प्रोडक्टलाई नयाँ तरिकाले प्रमोट गर्नुप¥यो, यही सोचेर एक महिनाअघि मात्रै दुई युवाले मिस्टर कर्न शुरु गरे । ‘मिस्टर कर्न’ अर्थात् मकैको मात्र परिकार पाइने ठाउँ ।

वर्षौदेखि प्राय सबै नेपालीको प्रिय खाजाका रुपमा रहेको मकैलाई उसिनेर, पोलेर, भुटेर मात्र नभएर विभिन्न परिकारमा परिणत गरेर पस्किरहेका छन् राज अधिकारी र दुर्गा बहादुर सुवेदीले ।

जहिल्यै खाने मम, चाउमिनभन्दा फरक स्वाद बोकेको यहाँका परिकारहरुमा ग्राहकले विदेशी आवरणमा नेपाली आत्मा पाउँछन् । जिब्रोलाई छुट्टै स्वाद चखाउन चाहने खानाका पारखीहरुका लागि सस्तोमा मीठो र नौलो परिकार पाइने उपयुक्त स्थल भएको छ मिस्टर कर्न ।

सानो कोठाबाट शुरु भएको यस बिज्नेसलाई नेपालभरि फुड चेनका रुपमा फैलाउने, आफ्नै देशको उत्पादनलाई प्रोत्साहन गर्ने, मकैबाट सुन फलाउने राज र दुर्गाबहादुरको उद्देश्य छ ।
भिडियो हेर्नका लागि लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?