काठमाडौँमा खुल्यो सुविधा सम्पन्न छात्राबास, उद्घाटन समारोहमा जे देखियो

चालिस वर्षदेखि महिला शिक्षाको विकास र विस्तारमा लागिरहेका काठमाडौँ भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेज पुरानो  बानेश्वरका संस्थापक अध्यक्ष प्रा. डा. रामप्रसाद दाहालले सूर्योदय महिला छात्राबासको विस्तारीत भवनको एक समारोहका बिच उद्घाटन गरे । 

सूर्योदय महिला छात्राबासले पुर्याएको योगदानको चर्चा गर्दै उनले काठमाडौँमा घर तथा आफन्त नभएका छात्राहरुको लागि यस्ता छात्राबास निकै उपयोगी हुने बताए ।

कार्यक्रममा छात्राबासकी निर्देशक विष्णु थापा केसीले ६० सिट रहेको छात्राबासले अझ धेरै छात्राहरुलाई सुविधा सम्पन्न भवनमा राखेर पढाउन पाएकोमा गर्व गरिन् ।

उनले सबै सुविधासम्पन्न भएको र छात्राहरुलाई हितकारी स्वस्थ्यकर खाना र बसाईको व्यवस्था गरेको जानकारी दिईन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?