उद्योगमन्त्री यादव र कर्मचारीका नेताबीच कुटाकुट, भएको के हो ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । 

मन्त्री यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच बुधवार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयम कुटाकुट भएको हो । 

मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए । तर, उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो । 

युनियनका उपाध्यक्ष अधिकारीको समूहले घुस लिएर खड्कालाई पठाएको भन्दै मन्त्रीको सचिवालय पुगेका थिए । त्यसलगत्तै दुबै पक्षबीच भनाभन भएपछि कुटाकुट भएको हो । 

मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा दुवै पक्षबीच कुटाकुट भएको मन्त्रालय स्रोतले जनाएको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?