बैतडी । बैतडीमा रुखमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको छ ।
बुधवार बैतडीको मेलौली नगरपालिका ७ बनालीमा १९ वर्षीय किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक चन्दको कोठामा स्थानिय प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले प्रशान्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राका सिरानीमा १० हजार नगद समेत फेला परेको उनले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया