नेपालले चीन पुगेर गरे भारतको विरोध

चीन । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेश बनाएको भन्दै भारतको कडा आलोचना गरेका छन् । 

चीनमा शुरु भएको ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधवार उद्घाटन गरेको उक्त कार्यक्रममा नेपालले बिहीवार बिहान धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । चीन सरकारको औपचारिक निमन्त्रणामा नेपाल कन्फरेन्समा सहभागी हुन बेइजिङ पुगेका हुन् ।

त्यसक्रममा उनले भारत बेलायती उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएदेखि नै नेपालको जमिनमा उपनिवेश कायम गरेको धारणा राखे ।

चीनले आफ्नो सार्वभौमताको रक्षाको लागी युद्ध लडेको र उपनिवेशविरुद्ध शान्तिपूर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको विषयलाई समेत उल्लेख गर्दै नेपालको अधिनस्थ जमिन फिर्ता हुनुपर्नेमा नेपालको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?