सीके राउत समूहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण

काठमाडौं । तत्कालिन स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सीके राउत समूहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज झा मुक्ति विवेकले दिएको जानकारी अनुसार असन्तुष्ट समूह आफनो संगठनमा एक कार्यक्रमबीच  एकीकरण गरिएको हो ।  

जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रय अध्यक्ष मुक्तिले भने स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूह हाम्रा साथ भएको कारण अब जनतान्त्रिक तराई मुक्ति मोर्चालाई थप उर्जा पाएको छ भने हामीले ११  बुँदे सहमती स्वरुप संयुक्त रुपले अभियान चलाउने छौ भने छिट्टै नै निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर्ने घोषणा गरिने अध्यक्ष मुक्तिले बताए । 

एउटै देशमा दुई किसिमका विभेदका रुपमा देखने गरेको हुनुका साथैे मधेश र मधेशी जनतालाई पटकपटक सवै राजनीतिक दलले धोका दिँदै आएको हुनाले मधेशको मुक्तिका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता साथका आफुले असन्तुष्ट समूहबीच  एकता गरीएको हो । 

सवै प्रकृया अन्तिम चरणमा पुगि सकेको हुनाले जेष्ठ महिनाको २० गतेसम्म आयोगमा नयाँ पार्टी दर्ता गर्ने गरी योजना बनाएको अध्यक्ष मानोज मुक्तीले बताए ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?