‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा दुई युवा पक्राउ

बुटवल । सार्वजनिक कार्यक्रममा राष्ट्रिय गान बजाएको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

गत वैशाख २८ गते बुलटलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा प्रहरी दुई युवकलाई पक्राउ गरेको हो । उनीहरुलाई कार्यक्रमको भोलि पल्ट पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा छन् । 

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

उता प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् भने उनका परिवारजन र शाही युवा शक्ति नेपालले सरकारसँग माग गरेको छ ।

हिरासतमै अनसन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर भएको उनकी श्रीमती शक्ति क्षेत्रीले बताए । साथै शाही युवा शक्ति नेपालले भने दुवैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ भने गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुवैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?