पत्रकार महासंघले संसद भवन अगाडी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँवानेश्वरस्थित संसद भवन आगाडी प्रदर्शन गर्ने भएको छ  । 

मिडिया काउन्सिलसम्बन्धी विधेयकका विरोधमा आन्दोलित महासंघले भोलि (शुक्रवार) संसद भवन अगाडी प्रदर्शन गर्ने भएको हो । 

महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानून संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित गर्नुपरेको महासंघले बताएको छ । 

सरकारले गत वैशाख २६ गते मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता गरेको थियो । सरकारले संस

दमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकमा स्वनियममा रहने अन्तर्राष्ट्रिय मान्यताविपरीत विधेयकमा समाचार छापेकै आधारमा १० लाख रूपियाँसम्म जरिवाना गराउने व्यवस्था गरिएको छ ।

तर, काउन्सिलको अध्यक्ष हुन् भने १० वर्ष पत्रकारिता गरेको जोकोही व्यक्ति हुन सक्ने कमजोर प्रावधान राखिएको छ ।

साथै आम सञ्चार ऐनको मस्यौदा विधेयकमा पत्रकारलाई पचास लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना र १५ वर्ष कैद सजायको प्रस्ताव गरिएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?