काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
बिहीवार दिउँसोबाट प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसिरहेको हो ।
बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यविभाजनका बारे छलफल हुँदैछ ।
साथै जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास समेत बैठकमा भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।
बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउनेबारे छलफल भइरहेको नेकपाले जनाएको छ ।
तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको नेकपा स्रोतले जानकारी दिएको छ ।
यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।
जेठ ३ गते अर्थात् भोलि (शुक्रवार) पार्टी एकीकरणको एक वर्ष पुग्दै छ ।
यही अवसरमा नेकपाले जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको हो ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया