दोलखाको चरिकोट बसपार्कमा भीषण आगलागी, २ जना घाइते

चरिकोट–दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ ।

भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको छ । आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल तथा दोस्रो तलामा रहेको सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
 नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?