मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वएमालेलाई मदन भण्डारीका विचारलाई विकसित गर्ने कि दोर्होयाउने ? भनेर प्रश्न गरेका छन् । 

शुक्रवार बिहान मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पूर्वएमालेलाई मदनको विचार अझ परिमार्जन र विकासित गर्नुपर्ने बताए । 

‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोर्होयाउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने ?’ उनले भने, ‘मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोर्होयाएरमात्र बसिरहनु भएन ।’

उनले थप्दै भने, ‘विचारलाई जड मानेर मदन भण्डारी बस्नुभएन, अहिलेको हाम्रो नेतृत्वले पनि मदनकै अनुशरण गरेकाले मात्र एकता सम्भव भएको हो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?