नेकपा चितवनका अध्यक्ष परियार र सचिव पोखरेलले गरे पदभार ग्रहण

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले पदभार ग्रहण गरेका छन् । 

पार्टी कार्यालय मदनपुरमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष परियार र सचिव पोखरेलले पदभार ग्रहण गरेका हुन् । 

नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, कृष्णप्रसाद खनाल, देवी ज्ञवालीलगायतका नेताले परियार र पोखरेललाई माला लगाइ दिएर पदभार ग्रहण गराएका थिए ।

पदभारपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष परियारले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । 

त्यस्तै सचिव पोखरेलले जिल्ला पार्टीलाई गतिशिल बनाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?