म्यान्चेस्टर सिटीलाई एफए कप फुटबलको उपाधि

एजेन्सी । म्यान्चेस्टर सिटीले एफए कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

शनिवार राति सम्पन्न भएको फाइनल खेलमा सिटीले वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । सिटीको जीतमा रहिम स्ट्रलिङ र ग्राबियल जिससले समान दुई-दुई गोल गरे ।

त्यस्तै डेभिड सिल्भा र केभिन डि ब्रयनले एक-एक गोल गरे । जिससले खेलको ३८ औँ र ६८ औँ मिनेटमा तथा स्ट्रलिङले ८१ औँ र ८७ औँ मिेनटमा गोल गरेका थिए । बाँकी दुई गोल भने
सिल्भाले खेलको २६ औँ मिनेटमा तथा ब्रयनले ६१ औँ मिनेटमा गरेका थिए । 

यो उपाधिसँगै म्यान्चेस्टर सिटीले एकै सिजनमा तीन घरेलु प्रतियोगिताको उपाधि जित्दै नयाँ कीर्तिमान समेत बनाएको छ । यसअघि सिटीले इंग्लिस प्रिमियर लिग र काराबाओ कपको उपाधि जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?