आमा लागूऔषध कारोबारी, दुई छोरा दुर्व्यसनी !

काठमाडौं । प्रहरी लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । 

काठमाडौं –१६ कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा लागूऔषध सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीले उनको साथबाट १ हजार १ सय ९१ एम्पुल लागूऔषध र एक लाख ४१ हजार बरामद गरेको छ । 

उनले आफ्नो दुई छोरालाईसमेत लागूऔषध दुर्व्यसनी बनाएकी छिन् । उनका एक छोरा ३५ वष र अर्का छोरा २४ वर्षका छन् । 

आमाले कारोबार गर्न थालेपछि छोराहरुले लागूऔषध सेवन शुरु गरेको प्रहरीले बताए । 

उनीहरु पनि कारोबारमा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?