अमेरिकी राजदूतसँग स्पष्टीकरण

काठमाडौँ — नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए ।

सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे बताउन मानेनन् । कुराकानी नेपाल–अमेरिका द्विदेशीय हितबारे केन्द्रित रहेको प्रतिक्रियामात्र दिए ।कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?