कांग्रेस सभापति देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । साथै भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई पनि निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन् । 

सभापति देउवाले साह र मोदीलाई बेग्लाबेग्लै पत्र पठाएर बधाई दिएका हुन् । 

सभापति देउवाले प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा दोस्रो कार्यकालको शुभकामना दिएका छन् । 

मोदीलाई पत्रमा लेखिएको छ, ‘तपाईको पार्टीले लोकसभाको निर्वाचनमा पाएको सफलताको खबरले एकदमै खुसी भएको छु । यो जितले तपाईकोको नेतृत्व कुशल रहेको र सरकारमा सक्षमता प्रदर्शन भएको देखिएको छ । यो अवसरमा नेपाली कांग्रेस र मेरो तर्फबाट दोस्रो कार्यकालका लागि धेरै धेरै बधाई ।’

त्यसैगरी भारतीय जनता पार्टीका अध्यक्ष साहलाई पठाएको पत्रमा देउवाले भनेका छन्, ‘नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास छ ।’

चैत २३ गतेदेखि शुरु भएको चुनाव गत आइतवार सम्पन्न भएको थियो । कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन सम्पन्न भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?