गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कुटिन्

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारा रिमालले प्रमुख प्रशासकीय अशोक दाहालमाथि हातपात गरेको आरोप लागेको छ । 

गाउँपालिका उपाध्यक्ष रिमालले आफूलाई कार्यकक्षमै कठालो समातेर दुव्र्यवहार गरेको अधिकृत अशोक प्रसाद दाहालले दाबी गरेका छन् । तर, रिमालले भने आफूले ल्याएको योजना स्वीकृति गर्न दाहालले असहयोग गरेपछि सामान्य विवाद मात्रै भएको दाबी गरेकी छिन् । 

बिहीवार आफू वडानम्बर १, २ र ३ को खानेपानीसम्बन्धी योजना लिएर दाङसिङ गाउँपालिकाको कार्यालय पुगेको तर दाहालले सो योजना स्वीकृत नगर्न बहानाबाजी गर्दै अपमान गरेको रिमालले बताइन् ।

दाहालले भने उपाध्यक्षले नियमविपरित काम गर्न दवाव दिएको तर नमान्दा कठालो समातेर तानि सर्टनै च्यातिएको बताए । गाउँपालिकामा जनप्रतिनिधिबाटै असुरक्षित हुने अवस्था सिर्जना भएको भन्दै उनले यसबारे आफूहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?