तरुण दलको भ्रष्टाचारविरुद्ध झण्डाफोर अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ । 

शुक्रवार बाँकेको कोहलपुरमा तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान कार्यक्रम गरेको हो । 

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भयो बताउँदै महासचिव भुपन्द्रजंग शाहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाए । 

कांग्रेसले गत वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा शुरु राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न आयोजित कार्यक्रममा तरुण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?