हिन्दू राष्ट्र बनाउने अभियान सञ्चालन गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले नेपाल हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा आफ्नो साथ रहने भन्दै अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् । 

शनिवार पर्वतमा आयोजित महायज्ञमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

विश्वकै ठूलो शिव पार्वतीको मूर्ति स्थापना गर्ने, २ सय ८ कोठाको धर्मसाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ पर्वतमा महायज्ञको आयोजना गरिएको हो ।

‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौ’ आयोजनामा महामन्त्री कोइरालाले भने, ‘तपाईंहरुलाई हिन्दुुु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’

उनले धर्मनिरपेक्षता परिवर्तन गराउनका लागि अभियान चलाउनुपर्नेमा जोड दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?