प्रमुख सेनानी केशवराज कार्की बर्खास्त

काठमाडौँ — नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका छन् । गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ ।
प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्।

कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ। चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?