अष्ट्रेलियामा गुड्यो पहिलो चालकविहिन रेल, हजारौं नेपालीहरु लाभान्वित

काठमाडौं । अष्ट्रेलियामा पहिलो चालक विहिन रेल सेवा शुरु भ्एको छ । 

आज ‘आइतवार’बाट शुरु भएको उक्त रेलले करिब ४० मिनेट लामो यात्रा दुरी भएको सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतवार बिहान नेपाली समयानुसार बिहान ७ बजेर २० उदघाटन गरेकी थिइन् । 

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुमा आवत जावत गर्न सहज बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ ।

यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७ दशमलब ३ विलियन डलर खर्चमा यो रेल सेवा शुरु भएको हो । 

यो रेल सेवाले उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?