बम बनाउने र बोक्ने आफैं मारिए

काठमाडौँ– राजधानीको अनामनगर र सुकेधारामा आइतबार अपराह्न ४ः१५ बजे बम विस्फोट हुँदा तीनको मृत्यु भएको छ जना घाइते भएका छन् ।

विस्फोटमा परी मर्नेहरुमा बम बनाउने तथा राख्ने काममा संलग्न रहेका व्यक्तिहरु भएको बताइएको छ ।
महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार, अनामनगर अप्काहाउस पछाडि सङ्गमगल्लीस्थित लोकमञ्जरी कार्कीको घरको भूईँतलामा भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् ।
त्यस्तैं, सुकेधारा ढलाने पुल नजिकै रहेको शैलुन पसलभित्र बम विस्फोट हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, बम विस्फोटमा परी मर्नेमा एक जना ‘विप्लव’ समूहका कार्यकर्ता हुन् ।
राजधानीका विभिन्न स्थानमा बम राख्ने योजना अनुसार, प्रेसर कुकरबम निर्माण गर्दै गरेको अवस्थामा अचानक बम पड्किएको हुनसक्ने अनुमान प्रहरीको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार, अनामनगरस्थित कोठामा बनाई राखेको बम कतै राख्न लैजान खोज्दा कोठाभित्रै पड्किएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?