काेरिया सरकारद्वारा नेपाली श्रमिक सम्मानित

काेरिया -दक्षिण कोरियामा कार्यरत एक नेपाली श्रमिक कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन्।

सामाजिक तथा परोपकारी कार्यमा उदाहरणीय कार्य गरेको  कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगर पालिकाले  श्रेष्ठलाई सम्मान गरेको हो । इ पि यस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ करिब एक दशक देखि दक्षिण कोरियामा कार्यरत छन्।        

धुलिखेल न.पा. शंखुका श्रेष्ठ कोरियामा रहेका बिभिन्न सामाजिक संघ संस्थामा आबद्द रहनुका साथै साँस्कृतिक परोपकारी कार्यहरुमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लाग्दै आएका छन् ।
उनकाे संयोजकत्वमा  २०७२ सालकाे महाभुकम्प, बाढी पहिराे, अागलागी तथा हावाहुरी जस्ता प्रकाेपहरुमा अार्थिक सहयाेग संकलन गरि पिडितलाई राहत उपलब्ध गराउने कार्य सम्पन्न भएकाछन् भने घातक राेगबाट पिडित गरीव असहायहरुलाई सहयोग उपलब्ध गराउने कार्यमा समेत उनकाे सकृय भूमिका रहेकाेछ। पछिल्लो पटक कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण समेत गरेका थिए ।
वल्ड पिपुल्स डेको अवसरमा मे २६ तारिखका दिन काेरियाकाे छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रबासी बहु साँस्कृतिक मेला तथा नवाै छनान वैदेशिक महोत्सव २०१९ मा नगर प्रमुखबाट उनी सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?