आज इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद उल फित्र’

काठमाडौं । इस्लाम धर्म मान्नेहरूले धुमधामका साथ आज ‘ईद उल फित्र’ मनाउँदै छन् । पर्वको अवसर पारेर सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

एक महिना लामो व्रत गर्दै रमदान पर्व पूरा गर्दै मंगलबार साँझा चन्द्रमा हरेपछि मुस्लिम धर्मावलम्बीहरुले ‘ईद उल फित्र’ मनाउँदै छन् । अल्लाहले गरिब, दीनदुःखी र असहायका लागि भलो गरुन् भनेर मुस्लिम धर्मावलम्बीहरूले यो पर्व मनाउँदै आएका छन् । यो दिनमा पवित्र भई नयाँ नयाँ सफा लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परासमेत छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?