जाजरकोट अस्पतालमा अत्याधुनिक सूचना प्रणाली

जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ। भेरी नगरपालिकाको  छ लाख सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै  गरे । 'नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो', उनले भने ।  अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी नगरपालिकाले सक्रियता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?