रड बोकेको साइकलमा मोटरसाइकल ठोकियो, एकको मुत्यु

काठमाडौं । काठमाडौंको विजुलीबाजरमा आज बिहान मोटरसाइकल र साइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।  रड बोकेको साइकलमा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल साइकलमा पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु गएको प्रहरीले जनाएको छ । 

उनको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि साइकल चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?