संविधान विपरीत विज्ञापन तत्काल रद्द गर्न  जनार्दन शर्माको माग

काठमाडौं । स्थानीय तहमा कर्मचारीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद जनार्दन शर्माले लोकशेवा आयोगको विज्ञापन संविधानविपरीत भएको दावी गरेका छन् ।

संविधानविपरीत भएका कारण यसलाई तत्काल रद्द गर्न सुसासन समिति तथा राज्य व्यवस्थाले आदेश दिनुपर्ने शर्माको माग छ । आज शुक्रबार बसेको समितिको बैठकमा शर्माले उक्त विज्ञापन संविधानविपरीत भएको बताए ।

’निर्णायक मंडलज्यूहरुको चित्त दुख्ला तर विषय दुख्ने र नदुख्ने चाही होईन यसरी त संविधानमाथी नै आक्रमण भयो’ शर्माले भने । संविधान मिच्दै अगाडि बढेको र संविधानमा अराजकता स्थिती सृजना गर्ने कार्य भएको सांसद शर्माले बताए ।

उनले थपे, आयोगकै विरोधमा आन्दोलन चर्किन थाल्यो, यसले राष्«लाई चरम संकटमा पार्छ । संविधान विरोधी हुने कारणले कर्मचारी भर्ना कार्यक्रम तत्काल रोक्न र काम गर्न समस्या भए अन्य विकल्प खोजी काम गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?