१०० औ हप्ताको निरन्तर अभियानमा संस्कार समाज, यसरी पाउदैछ अभियानले मूर्त रुप

काठमाडौं । ‘असल संस्कार सिकौं, सिकाऔं, आफ्नो देश आफैं बनाऔं ’ भन्ने मूल नारासहित संचालन हुदै आएको असल संस्कार महाअभियान अन्र्तगत जनचेतनामूलक तथा सरसफाई कार्यक्रमको १०० औं श्रृङ्खला ः सचेतना कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न भएको छ । महाअभियानको १०० औ हप्ता पुगेको अवसरमा  शनिबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी समाजले यो अभियानलाई अझै निरन्तरता दिने बताएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका ३२ ओटै वडाका वडा अध्यक्षहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरणसँग सम्वन्धित विभिन्न निकायका व्यक्तित्वहरु, विद्यालय तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै सस्थाकी अध्यक्ष पशुपति गुरुङले छोटो समयमा सबैको साथ र सहयोग पाउन सकेको भन्दै संस्थाको सफलताको श्रेय अभियन्ताहरुलाई प्रदान गरिन । 

१०० औं श्रृङ्खला पुगेको खुशीयालीमा गुरुङले भनिन् , “संस्थालाई कुनै पनि आर्थिक, सहयोग कतैबाट प्राप्त नभए पनि स्वतस्फूर्त रुपमा खर्च गरेर अगाडि बढाइरहेको छौँ,  जीवनमा सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको र स्वास्थ्य सिधा अर्थमा हाम्रो जीवनसँग, पहिचान र परिचयसँग जोडिने कुरा भएकोले संस्कारको सुरुवात सरसफाईबाट नै गर्दा प्रभावकारी हुने हाम्रो ठम्याई छ । ” साथै  स्कूल स्कूलमा असल संस्कार, टोलटोलमा असल संस्कार लगायतका कार्यक्रमहरुसमेत प्रभावकारी तवरले अगाडि बढाएको अध्यक्ष गुरुङले जानकारी दिईन । 

त्यस्तै कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले अन्य संघ, संस्थाहरुलाई समेत उदाहरणीय काम गरेको बताए । संस्थाले छोटो समयमा यति उचाइ हासिल गरेकोमा बधाई दिदै आगामि कार्यक्रमहरुलाई वडा कार्यलयका तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघ, महासचिव सरोज सिटौलाले वातावरणका सन्दर्भमा राज्यले गर्नु पर्ने चेतनामूलक काम संस्कार समाज नेपालले गर्दै आएको उल्लेख गर्दै पशुपति गुरुङले अगाडि बढाएको अभियान सह्राहनीय रहेको बताए । त्यस्तै साहित्यकार समालोचक राजन न्यौपानेले पनि संस्थाको फोहोरमैला सफा गर्ने काम नगरी हरेक मानिसको मष्तिस्कको फोहोर सफा गर्ने संस्थाको रुपमा स्थापित भएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?