हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ : मन्त्री श्रेष्ठ

लोकपथ
147
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताएका छन् ।

विहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताए ।

उनले भने, ‘मन्त्रालय कम बजेटमा चलाउन परेको छ । मन्त्रालयको अभिलेखमा हेर्ने हो भने देशभरीका जनप्रतिनिधिहरु, वडासदस्य, गाँउपालिका सदस्यदेखि प्रदेशका सांसद, सभामुख र मन्त्री सबै योजना माग्न आउनुहुन्छ । देशको बजेटभन्दा बढि त खेलकुद पूर्वाधारको माग भएर आएको छ । अहिलेको खेलकुद मन्त्रालयको बजेटले साँच्चै काम गर्न सक्ने भनेको लुडो, चेस र बाघचाल जस्ता खेलहरुको मात्र हो ।’

उनले नयाँ खेलकुद ऐन संशोधन हुने क्रममा रहेको भन्दै अब समयसापेक्ष ऐन बन्न सकेन भने समय सापेक्ष नीति र कार्यविधिहरु बन्न नसक्ने बताए ।

उनले भने, ‘खेलकुद ऐन संशोधन हुँदैछ । मन्त्रालयले त्यसको एउटा मस्यौदा बनाएर सरोकारवालहरुसँग सहभागितामूलक तरिकाबाट सुझाव संकलन गर्न सुरु गरेको छ । किनभने अब समयसापेक्ष ऐन बन्न सकेन भने समयसापेक्ष नीति बन्दैन । कार्यविधिहरु बन्दैनन् ।’

बजेटको अभाव भएपनि स्थानीय तहहरुसँगको समन्वयमा मन्त्रालयले यसपाली युवा र राष्ट्रलाई जोड्न सक्ने केही कार्यक्रमहरु ल्याउने प्रयास गरेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?