सुरक्षण मुद्रण प्रकरण : ४० करोड भ्रष्टाचार गरेको आरोप, पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
35
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विकल पौडेलसहित तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा ४० करोड भ्रष्टाचार गरेको आरोपमा विकल पौडेलसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

अख्तियारले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नविनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे तथा म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनलाई पनि प्रतिवादी बनाएको छ ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी पौडेलविरुद्ध केही साताअघि मात्रै मुद्दा दायर भएको थियो । आज मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । योसंगै उनीविरुद्ध तेस्रो मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?