माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि सो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

मधेश सरकारबाट आज नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?