सुर्खेत । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना आजको आवश्यकता रहेकोले अभियानले देशलाई संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताएका छन्।
सुर्खेत स्थित ‘संघीय हिन्दू गणतंत्र स्थपनाका लागि छलफल ‘आयोजित कार्यक्रममा उनले नेपालमा रहेको विविधतालाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताए। ‘जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,’ उनले भने, ‘हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधता छ। अलग–अलग संस्कार, संस्कृति र भेषभुषा छ। पूर्वदेखि पश्चिमसम्म विविधता छ। ती सबैलाई जोड्ने कडी सनातन संस्कृति हो र हिन्दू धर्म हो।’
हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए। ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उनले भने, ‘नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो।’
कार्यक्रमको सभापतित्व गरि रहेका समाजसेवी काली प्रसाद शाक्यले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकामा अब एक जुट भई अगाडि बढ्नु को विकल्प नरहेको बताए । ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो। त्यसकारण पहिचानवादीहरु हिन्दूराष्ट्रको बिरोध गर्ने गरेको पाइँछ तर अभियानको संघिय हिन्दू गणतंत्रको अवधारणाले सबलाई समेटेको छ। कार्यक्रम संचालन हिन्दूवादी योद्धा ललित भटराईले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया