काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
कांग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको हो। बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया