काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतमाथि वैधानिकताको प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलले इजलाशमा परेको छ ।
कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया