संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक निष्कर्षविहिन

लोकपथ
140
Shares

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक निष्कर्षविहिन भएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद हाे ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी थिए् ।

संसदीय समिति गठनका विषयमा सहमति नभए आज पनि कांग्रेसले संसद्का दुवै सदनको बैठकमा अवरोध गर्ने जनाएको छ । कांग्रेसले यही माग राखेर बजेट अधिवेशन सुरु भएयताका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ । तर सोमबार भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?