कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ, आजै धनुषा पठाइने

लोकपथ
252
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । दोहोरो नागरिकताको कसुरमा सिरोहियालाई पक्राउ गरिएको हो ।

दोहोरो नागरिकता लिएको उजुरी परेपछि अनुसन्धान लागि धनुषा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । मंगलबार पक्राउ अनुमति लिएसँगै साँझ प्रहरी टोली सिरोहियाको कार्यकक्षमै पक्राउ गर्न पुगेका हुन् ।

धनुषा प्रहरीले पक्राउ पूर्जी लिई सो को कार्यन्वयनका लागि प्रहरी हेडक्वार्टर मार्फत् उपत्यका प्रहरीमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयको टोलीले सिरोहियालाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

सिरोहियालाई नियन्त्रणमा लिने क्रममा कान्तिपुर परिसरमा नाराबाजीसमेत भएको थियो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछाने र प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

पक्राउ पर्नुअघि कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष सिरोहियाले आफूसँग कुनै दोहोरो नागरिकता नभएको र दुईवटा फरकफरक नम्बर रहनु आफ्नो गल्ती नभएको दावी गरेका थिए ।

यता सिरोहियाको पक्राउको विषयमा लिएर मिडिया सोसाइटी र नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै सडकमै पुगेर आन्दोलन गर्नेसम्मको चेतावानी दिएको छ । सिरोहियालाई आजै धनुषा पठाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?