काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि अवरोध गरेको छ। केहीबेरअघि बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो।
आजको बैठकमा विषय, आकस्मिक र शून्य नरहेको र आजको कामकारबाही अघि बढाउनका लागि सभामुख देवराज घिमिरेले आग्रह गरेका थिए।
सहकारी ठगी प्रकरणमा विषयमा कार्यदलमा समेत छलफल भइरहेको भन्दै सभामुखले बस्न आग्रह गरे पनि कांग्रेसका सांसदहरुले अवरोध कायम गरेका हुन्।
अहिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउनका लागि अहिले कार्यदलको बैठक जारी रहेको छ।
त्यस्तै आजको बैठकमा कांग्रेसले आफूहरुले आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरेको छ। सभामुख घिमिरेले आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया