चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

लोकपथ
42
Shares

चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ ।

देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ ।

नेपाल कृषि प्रधान देश हो नेपालको जम्मा जनसंख्याको लगभग ६५ प्रतिशत मानिस पेशामा आवद्ध छन् । तर पनि वर्षैपिच्छे खर्बौँको अन्न यातायात गर्नेु परिरहेको छ ।

नेपालले हरेक वर्ष आयतन गर्ने खाद्यान्नको मात्र निरन्तर रूपमा बढि रहेको छ ।

देशका युवा शक्ति पलायन विदेश पलायन हुने र नेपालको उर्वर भूमि विस्तारै बाँझो बन्दै जानुले नेपालको उत्पादन विस्तारै घट्दै गइरहेको छ ।

२०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर २०७९ सालको तथ्यांक अनुसार ११ महिनामा हामीले छिमेकी देश भारतबाट मात्रै ४५ अर्बको धान चामल आयात गरिरहेका छौँ । यो जति दुखद र विडम्बना के हुन सक्छ? हामी विहान उठेदेखि सुत्ने बेलासम्म प्रयोग गर्ने हरेक किसिमका कृषिजन्य बस्तु र खाद्यान्नहरू बाहिरी मुलुकबाट आयत गरिरहेका छौँ। कृषि प्रधान देशमा यस्तो स्थिति दुखद हो ।

यसको निकासका लागि कृषि क्षेत्रमा राज्यले नत विशेष ध्यान दिएको छ न आवश्यक बजेट नै दिन सकेको छ । कृषकलाई न समय विउविजन दिएको न मल नै उपलब्ध गराएको नत व्यवसायी खेतीका लागि नयाँ पुस्तालाई प्रोत्साहन नै गर्न सकिरहेको छ।

यी सबै कुराहरूलाई मध्येनजर गर्दै दलगत राजनीति भन्दाी रहेर देशभर स्वतन्त्र विद्यार्थी संगठनको रूपमा कार्य गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले कृषि क्षेत्रमा विशेष प्रथमिकताको साथ कार्य गर्ने, दीर्घकालीन रूपमा कृषिलाई सम्मानित पेशाको रूपमा विकास गर्न, व्यवसायिक खेतीका लागि युवा विद्यार्थीलाई प्रेरित गर्न र कृषि पेशामा नयाँ पुस्तालाई आकर्षण गर्नका लागि देशको विभिन्न क्याम्पसहरूमा कृषि तथा वन विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरूबीच दुई दिने राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गर्न गइरहेको विद्यार्थी परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?