काठमाडौं । चिनियाँ माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ ।
ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुङ्गा दुर्घटनाले तनाव बढाएको छ । शनिबार बिहान चिनिया झण्डा भएको ‘मिन लङ यु ६०८७७’ जहाज किमेन टापुको तटबाट करिब ६.५ नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्, ’विज्ञप्तिमा भनिएको छ । यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुङ्गाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ। ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया