काठमाडौं । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई ‘भिसा फ्री’ अनुमतिको घोषणा गरेको छ । श्रीलंकाको मन्त्रिपरिषद्ले अक्टोबर १, २०२४ देखि लागू हुने गरी ६ महिनाका लागि ‘भिसा फ्री’ अनुमतिको घोषणा गरेको हो ।
भिसा फ्री अनुमति पाउनेमा नेपालसहित भारत, बेलायत, साउदी अरेबिया, युएई, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अष्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजाकिस्तान, इन्डोनेसिया, रुस र थाइल्याण्ड छन् ।
यस्तै, दक्षिण कोरिया, कतार, ओमान, मलेसिया, जापान, फ्रान्स, क्यानडा, चेक गणतन्त्र, इटाली, स्विजरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्वीडेन, बहराइन र न्यूजील्याण्ड पनि यो सूचीमा छन् । श्रीलंकामा भारत, चीन, रुस, जापान, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियाका पर्यटकले पर्यटक भिसा निःशुल्क पाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया